हिमाल हाँसीरहेको बेला,
नेपाल र नेपालीको प्रतीक
संसारलाई चिनाउनु परेको छ ।
पुर्वजहरूको रगतले सिंचेको यो नेपाल
वर्तमान देखि भविष्यसम्म,
राष्ट्रभक्ति र देशभक्तिको पाठ,
हामी र हाम्रा सन्ततिहरूलाइ सिकाउनुपरेको छ ।
देशमा शान्ति आईरहेको बेला,
यही उर्वरभूमि नेपालबाट,
दिगो शान्तिको वीउ रोप्नुपरेको छ ।
गौतम बुद्धको देश नेपालबाटै,
विश्वभर शान्तिको दियो बाल्नुपरेको छ ।
भृकुटी र सिताले जस्तै,
यही धर्तीमा बलिदान दिनुपरेको छ ।
हिमालको डम्फूलाई,
पहाडको मादल र खैंजडीसँग मिलाउनुपरेको छ ।
पहाडकै सारंगी र सहनाई,
तराईमा लगेर बजाउनुपरेको छ ।
हिमाल, पहाड र तराईवासीलाई,
एकै ठाउँमा मयूर जस्तै नचाउनुपरेको छ ।
नेपाल एक नेपाली एक,
संसारभर चिनाउनुपरेको छ ।
अब एउटा महान पर्वको खाँचो परेको छ,
हरेक नेपाल र नेपालीको धड्कनलाई
एउटै मालामा गाँस्नुपरेको छ ।
Tuesday, May 12, 2009
नेपाल एक नेपाली एक
Posted by
Unknown
5:38 AM









Good thought!
Happy blogging!